• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

कविताः एउटा नोटको जीवनी

bhipin भुपिनप्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
  • ११९६ पाठक संख्या
  • Bhupin
    ‌‌‌

    मेरो हातमा
    हजारौँ हातहरूको फोहोर टाँसिएको
    कागजको एक नोट छ
    म त्यसको जीवनी पढिरहेछु ।
    यो नोटको जन्मको बारेमा
    म बिल्कुल अनभिज्ञ छु ।
    तर थाहा छ मलाई–
    कुनै बैंकको सफा कुनाबाट
    यो नोटको फोहोर यात्रा सुरू भयो ।
    एक क्यासियरले
    जिब्रोको थुकमा बूढीऔँला चोबेर
    गन्यो यो नोट
    र पहिलो पटक थमायो ग्राहकको हातमा ।
    बैंकबाट बाहिर निस्किएपछि
    नोट पुग्यो
    मासु पसलमा
    नोटमा बगरेको हातको आलो रगत टाँसियो ।
    त्यसपछि पुग्यो नोट
    रुघाग्रस्त साहूको हातमा
    नोटमा साहूको सिंगान टाँसियो ।
    त्यसपछि पुग्यो नोट
    कुनै आसामीको हातमा
    जो भर्खरै पिसाब फेरेको हातले
    नोट गन्दै थियो ।
    पुग्यो नोट
    भर्खरै बाथरुममा सेफ्टी प्याड निकालेर
    बाहिर निस्किएकी मालिक्नीको हातमा
    नोटमा टाँसियो
    मासिक स्रावको रगत ।
    पुग्यो नोट
    यौनकर्मीको हातमा
    जसमा टाँसियो चिप्लो यौनरस ।
    भ्रष्ट, तस्कर, दलाल
    पण्डा, नेता, हिपोक्रेट
    सबैको हातहातसम्म
    नोटको यात्रा जारी रह्यो ।
    एक पटक बढो मुस्किलले
    गरिबको हातमा पनि
    पुग्यो नोट
    जसमा उसको आँशु
    र पसिना पनि मिसियो ।
    तर, भोलिपल्ट नै नोट पुग्यो
    बेरोजगारीले किलकिले अँठाएर
    कुलतमा फसेको
    कुनै युवकको हातमा
    त्यसमा गाँजाको गन्ध टाँसियो
    अफिमको बास्ना टाँसियो ।
    लामो यात्रापछि
    अन्तमा पुग्यो नोट
    एक भक्तको हातमा
    भक्तले चढायो भगवान्लाई
    त्यही नोट ।
    म पढिरहेछु
    एउटा नोटको रोमाञ्चक जीवनी ।
    तर बुझिरहेको छैन कि
    किन चढाउँछ भक्तले देउतालाई
    यो फोहोर नोट ?
    किन सबैभन्दा सफा लाग्छ मानिसलाई
    यो फोहोर नोट ?
    मेरो हातमा
    हजारौँ हातहरूको फोहोर टाँसिएको
    कागजको एक नोट छ
    म त्यसको जीवनी पढिरहेछु ।

    ०००

     

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • म संघीयताको हत्यारा हुँ

  • प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…

  • कविताः मेरो नयाँ बाटो


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution