• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ ३२, बुधबार | Wednesday, 16, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

स्मृतिः मैले गुमाएको त्यो प्रेम

subhadra dhakal सुभद्रा ढकालप्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (३ साल अघि)
  • १३८५ पाठक संख्या
  • Subdadra
    ‌‌‌

    त्यस दिनको क्लास निकै पट्यारलाग्दो भयो । बालकृष्ण समको मुटुको व्यथा पढाउँदा मैले धेरै ठाउँमा आफूलाई रोक्न सकिनँ । म कताकता आफ्नै विगतमा भासिन पुगेँ । जिन्दगीमा आफूले गरेको निर्णय आफैँमाथि प्रहार भयो । घर फर्किदा बाटामा अनेकथरि तर्कना आए । मैले मेरो प्रेमलाई सम्मान गर्न सकेको भए आफन्त र परिवारभन्दा माथि उठेर आफ्नो पक्षमा उभिएर अडान लिएर निर्णय गरेको भए मेरो दुनियाँ र जीवनका रंग नै बेग्लै हुने थियो ।

    जिन्दगीले मलाई नयाँ पाठ सिकाएको छ । आफू खुसी भए मात्रै परिवार, आफन्त र दुनियाँलाई खुसी बनाउन सकिने रहेछ । घरमा पुगेँ । चिसो पानी घटघट पिएर खाटमा पल्टिएँ । पल्लो कोठामा छोरी रुँदै थिई । घरमा काम गर्ने दिदीले छोरीलाई फुल्याउँदै हुनुहुन्थ्यो । किनकिन मलाई छोरीको कोठामा पनि पस्न मन लागेन ।

    एउटा आर्टिकल इडिट गर्नु थियो । ल्यापटप खोलेर इमेल हेर्दै थिएँ । प्रकाशको नाममा नयाँ इमेल आएको रहेछ । म कलेजको सबैभन्दा स्ट्रोङ नारीमा गनिन्छु तर प्रकाशको नाम सुन्नेबित्तिकै म सबैभन्दा कमजोर किन भए ? आफैंले पत्तो पाउन सकिनँ । जिन्दगी आफ्नै लयमा चलिरहेको बेला । मलाई उसको मेलले फेरि एकपटक सोच्न बाध्य बनायो ।

    के लेखेको होला उसले मेलमा ? आफ्नो जिन्दगीको व्यथा होला कि हाम्रो प्रेमकथा ? खुसीको कहानी कि दुःखको सन्देश ? हे भगवान् उसले मेलमा लेखेको होस् कि मैले विगतका सबै कुरा भुलिसकेँ गुन्जन । मलाई केही कुरा याद छैन । धेरै पटक विचलित भएर उसको इमेल पढ्न थालेँ । डियर गुन्जन,

    म हिजो साँझ काठमाडौँ आइपुगेँ । तिमीलाई जुन रुपमा छोडेर जापान गएको थिएँ । पक्कै त्यही रूपमा छ्यौ होली ? उता जानुअघिको वाचा पनि पक्कै भुलेकी छैनौँ होला ? मलाई अझै तिम्रा थोपाथोपा आँसुको सम्झना छ । म उड्ने साँझ तिमी खुब रोएकी थियौ । मलाई थाहा थिएन । तिमी यति भावुक हुन्छौ ।

    मैले मन पराएकी गुन्जन त्यति कमजोरी होली भनेर मैले त कल्पनै गरेको थिइनँ । त्यसबेला मेरो मनले सोचेकी तिमी र वास्तविक तिमीमा मैले निकै अन्तर पाएको थिएँ। तिम्रो आँसु देख्दा मलाई लागेको थियो, यो पासपोर्ट र टिकट तुरुन्तै च्यातिदिम् र तिम्रो अँगालोमा बेरिएर बसूँ । तिमीसँग विवाह गरूँ । तर मेरो अगाडि परिवारको भविष्य जोडिएको थियो । तिमीलाई पनि सुख दिनु थियो । सम्पन्न बनेर छिट्टै नेपाल आउँछु र तिमीसँग रमाउँछु, सोचेथेँ ।

    व्यस्त दिनचर्याले तिमीसँग नियमित कुरा हुन पाएन । जसको कारण मैले तिमीलाई जिन्दगीभरिको लागि गुमाउनुप¥यो । पछि साथीबाट सुनेँ, तिमीले त विवाह पो गरेछौ हैन ? आफ्नो मान्छेको सुखद समाचार अरूबाट सुन्दा निकै दुखेँ । केही हप्ता नरमाइलो लाग्यो। मेरो सेकेन्ड सेमेस्टरको इक्जामै बिग्रियो ।

    एक मनमा लाग्यो, नेपाल जाऊँ । अर्को मनले भन्यो, कसैको खुसीमा हस्तक्षेप गर्नु उचित हुँदैन । तिमी बेहुली भएको हेर्ने ठुलो रहर थियो । फेसबुकमा तिम्रो फोटो सर्च गरेर हेरेँ । तिमी फोटोमा निकै खुसी थियौ । तिम्रो मनमा के थियो म जान्दिनँ । फोटो देखेर अनुमान लगाएँ, तिमी निकै खुसी छ्यौ । तिमी खुसी छ्यौ भने मैले मन सानो बनाउनु हुँदैन भनेर आफैँलाई धेरै पटक सम्झाएँ । तिमीलाई सफलताको कामना गर्दै म करिअर फोकस हुन थालेँ ।’

    कति निश्छल मुटु ! प्रकाशको मेल पढ्दापढ्दै भक्कानो फुट्यो । मैले पनि उसको खुसीका लागि आफ्ना बाध्यताहरू सुनाउन नचाहेकी थिएँ । मभित्रको म कति दुखी छ भनेर म उसलाई आभाससमेत हुन दिने छैन ।

    डियर गुन्जन, प्रेम र विवाह अलग पाटा हुन् । यस्तै सोचेर म तिमीलाई भुल्न विवश भएकी थिएँ । यसपटक तिम्रो र घरको निकै याद आयो । त्यसकारण केही नसोची म नेपाल आएँ । चार वर्षपछि आफ्नै देश टेक्न पाउँदा खुसी लाग्यो । फेरि अर्को मनले तिमीलाई सम्झियो, पराईको आँगन टेकेकी तिमी कस्ती भयौ हौली ? तिमीलाई एक झलक देख्न पाए हुन्थ्यो भन्ने रहरले दिमागलाई जित्यो । त्यसकारण यो इमेल लेख्ने निर्णय गरेँ ।

    साँझमा राजधानीका झलमल्ल उज्यालो तर मेरो मनको अँध्यारो बस्तीमा लुकेकी तिमीलाई धेरैपटक फोन गर्ने कोसिस गरेँ । किनकिन नम्बर डायल गर्नुभन्दा अगाडि निकै पटक हात काम्यो । हुनसक्छ यो पनि मैले तिमीलाई गरेको अथाह प्रेम हो । तिमीले प्रेमबारे बेग्लै तर्क गर्न सक्छ्यौ । अँ साँच्चि, तिमी त लेक्चर मान्छे । तिमीले आफ्ना विद्यार्थीलाई बुझाउने तरिका अलि फरक पनि होला ? मैले तिम्रा हरेक आँसुलाई मुटुमा राखेर तिम्रै सपना पूरा गर्न निरन्तर काम गरेको थिएँ तर अहिले समानान्तर रेखाका दुई लाइन हुन विवश भयौँ । भो छोडिदेऊ यी विगतका कहालीलाग्दा दिनहरू । अब हाम्रो मिलन सम्भव छैन ।

    तिम्रो वैवाहिक जिन्दगीलाई म कुनै पनि असर पु¥याउन चाहन्नँ । एकपटक तिमीलाई भेट्ने मात्र इच्छा छ । अर्को महिना म जापन फर्कन्छु होला । फर्कनु अगाडि तिमीसँग अन्तिम पटक भेट्ने रहर छ । भोलि दिउँसो दुई बजे नयाँ वानेश्वरको आराधना क्याफेमा तिम्रो प्रतीक्षामा हुनेछु ।

    उसको मेलको आशयले नर्भस भएँ । जिन्दगीले कस्तो मोडमा ल्याएर छोडिदियो । त्यसपछि मेरा हातगोडा चिसा भए । केही केही सोच्न सकिनँ। पारिवारिक जञ्जालमा बाँधिएकी थिए । त्यसकारण आफ्नो कर्तव्यका लागि मात्र मैले आफूलाई सम्हालिरहेँ ।
    श्रीमान् आएर बेलुका खान खाने खाएर कोठामा जानुभयो । मलाई टाउको नै फुट्ला जस्तो ज्वरो आयो तर उहाँले मेरो स्वाथ्यबारे एक शब्द पनि सोध्नुभए । हुन त हाम्रो ओछ्यान एउटै छ । हजारपटक शरीर पनि साटिएको छ तर अफसोच चार वर्षको अवधिमा हाम्रो मन साटिएको छैन । म यो विवाहलाई सम्झौताभन्दा माथि राखेर हेर्न सक्दिनँ ।

    म हरेक रात यसैगरी तड्पन्छु, छट्पन्छु तर उहाँले के भयो भनेर एकपटक पनि सोधेको याद छैन । यदि उहाँको ठाउँमा प्रकाश भैदिएको भए म उसको छातीमा टाँसिएर कति रुन्थेँ होला ? एकपटक पाउने जिन्दगी पनि किन म मरीमरी बाँचेकी छु । मनमा आँधी चले पनि समय उही गतिमा चलेको छ । म यो पीडाको आभास कसैलाई पनि हुन दिन्नँ । मैले यसलाई छातीभित्र नै लुकाउनुपर्ने छ । दुनियाँका लागि मुस्कुराउनुपर्नेछ ।

    मलाई रातभर निद्रा लाग्दैन । विगतका सम्झना आँखाभरि आउँछन् । कस्तो भयो होला प्रकाश ? निकै समय भयो उसलाई नदेखेको। उसलाई लाग्दो होला मैले उसलाई धोका दिएँ तर उसलाई मैले कसरी विश्वास दिलाऊँ, यो धोका नियतिले दिएको हो । म घर र समाजको मर्यादाभित्र हराएर उसलाई बिर्सेजस्तो गर्न पुगेकी हुँ तर कुनै पनि रात नहोला मैले उसलाई बिर्सेर निदाएको । कुनै सपना छैन उसलाई नदेखेको। कुनै पल छैन उसलाई बेवास्ता गरेको तर मैले उसलाई यी कुनै पनि कुराको आभास कहाँ होला र ?

    जिन्दगीभरि उसलाई मेरो बाध्यताको आभास नहोस् भन्ने चाहन्छु म पनि । मलाई त्यो बिहान छटपटी मात्रै भइरह्यो । कति बेला दुई बज्ला र प्रकाशसँग भेट होला भनेर छटपटाइरहेँ । कोटेश्वरबाट नेपाल यतायात चढेँ । बानेश्वर चोकमा पुगेर उसले मेलमा छोडिदिएको नम्बरमा फोन लगाएँ ।

    ऊ त अघि नै आएर मलाई पर्खिरहेको रहेछ । उसको अगाडि पुग्नुपहिले म निकै नर्मस भइसकेकी थिएँ । मनमा धेरै तर्कना आए । कस्तो भयो होला प्रकाश ? कसरी बितायो होला विदेशमा चार वर्ष । म कसरी सम्हालिन्छु होला, उसलाई भेटेपछि। हे भगवान् ! यो कस्तो परीक्षा लिँदै छ मेरो जिन्दगीले ।

    किन धोका दियौ भनेर सोध्यो भने म के जवाफ दिउँला ? मैले जानेर उसलाई धोका दिएकी हैन । म परिबन्दमा परेकी हुँ तर मैले उसलाई मेरो दुख नसुनाउने र सुखको मात्रै कुरा गर्ने निर्णय गरेँ । उसको अगाडि पुगेर म मूर्ति जसरी उभिएँ । उसको अनुहार र कपाल देखेपछि आँखाबाट ताता आँसुका थोपा बगे। मैले मुस्किलले रोकेँ ।

    झुस्स पारेको दारी । वर्षौदेखि नकाटेजस्तो कपाल चैत मासको खडेरी जस्तो उदास जिन्दगी । उसले मलाई एकनास हेरी मात्रै रह्यो । उसले मलाई केही कुरा सोधेन । मैले सोधेको प्रश्नको जवाफ दिइरह्यो । उसलाई नसोधीकन कफी अर्डर गरेँ ।

    हामी दुवै मौनतासँगै कफीको प्रतिक्षामा बसिरह्यौँ। मलाई उसँग धेरै बोल्न मन थियो । मन भरिने गरी हेर्ने रहर थियो । उसको काखमा घोप्टिएर रुने रहर जिउँदो भएर उभियो । टेबुलमा आइपुगेको कफी पिउँदै आफ्नो हातबाट ब्रासलेट झिकेर मेरो हातमा राखिदिदैँ वैवाहिक जीवनको शुभकामना दियो ।

    म जिन्दगीमा अन्तिम पटक प्रकाशसँग पोखिन चाहान्थेँ । अपसोच श्रीमानको फोनले तुरुन्तै घर फर्कन आदेश आयो । बाफ आइहेको कफी छोडेर हिँड्दा नरमाइलो लाग्यो । म निस्कन लाग्दा उसका आँखाको वर्षात् देखेँ । आफूलाई सम्हाल्नुको विकल्प थिएन । यदि मैले समयमा नै आफ्नो जिन्दगीको सही निर्णय गर्न सकेको भए…

  • स्मृति
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…

  • कविताः मेरो नयाँ बाटो

  • लघुकथाः ठूलो माछा

  • कविताः स्वाभिमानी


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution