• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ जेष्ठ ७, बुधबार | Wednesday, 21, May, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • २लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ३सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ४बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ५चौताराले जित्यो ३० स्वर्ण
  • ६चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर
  • ७स्ववियु: एक चर्चा
  • ८श्रीकृष्ण रत्नगंगाको विव्यसमा माओवादी समर्थित विजयी (मत संख्यासहित)

गोलचक्करमा राजनीतिक भविष्य

सुरेन्द्र नेपाल श्रेष्ठप्रकाशित मिति: २०७८ माघ ११, मंगलबार (३ साल अघि)
  • ७५८ पाठक संख्या
  • Surendra
    ‌‌‌

    दलीय/संसदीय  व्यवस्थाको एक महत्त्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ । तोकिएको संख्या पुगेमा नयाँ दल खोल्न पाउने संवैधानिक ब्यवस्था भने हुन्छ नै।  नेपालको परिवेशमा विशेषत यो वर्ष यो विषयमा धेरै घटना/परिघटनाहरु मञ्चन भए । प्रमुख प्रतिपक्षी दलले त यही विषयलाई लिएर अहिलेसम्म सदन नै चल्न दिएको छैन । यो झण्डै उस्तै प्रकृति जस्तो देखिने तर बिल्कुल फरक विषय थियो । नेपालको संविधानले दल बदललाई कानुनी मान्यता दिएको छैन । त्यो अहिले नै दिन पर्छ भन्ने मेरो जिकिर पनि छैन । तर प्रजातन्त्रको जननी मानिने बेलायतमा भने एकपटक जनताद्वारा मत पाएर विजयी भएपछि त्यो सांसदलाई अर्को निर्वाचन नभएसम्म आफ्नो छुट्टै पहिचान स्थापना गर्न वा पार्टी परिवर्तन गर्न बन्देज लगाइएको छैन ।

    जनताले निर्वाचनमा सम्बन्धित व्यक्तिको नाम अगाडि क्रश चिन्ह लगाउने हुँदा यो स्वतन्त्रता दिन पर्छ भन्ने सिद्धान्तको बहस अठारौं शताब्दीको अन्त्यतिर नै भैसकेको थियो । सम्बन्धित सांसदले आफ्नो पार्टी नेतालाई अब आइन्दा तिम्रो पार्टीमा छैन भन्ने जानकारी दिएर स्वतन्त्र वा नयाँ पार्टीमा जान सक्ने व्यवस्था छ । यसको लागि राजीनामा दिन पर्ने अनि उपनिर्वाचन हुने गर्दैन । तर धेरै जस्तो असन्तुष्ट सांसदहरुले राजिनामा दिएर पद खाली गर्ने र उप निर्वाचनमा आफैँ अर्को पार्टीबाट उमेद्वार बनेर हार जित हुने चलन देखिन्छ।

    अहिले बेलायतको राजनीतिमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ भन्ने माग बढिरहेको छ । कोरोनाको समयमा सबैलाई घर भित्रै बस्ने, छ जनासम्म मात्रै घर बाहिर भेटघाट गर्न पाइने नियम हुँदा आफू भने  प्रधानमन्त्री निवासको बगैँचामा धेरै कर्मचारीहरु जम्मा गरेर पार्टी गरेको विषय सार्वजनिक भएपछि यस्तो आवाज उठेको हो । बोरिस जोन्सन आफूले त्यस्तो पार्टी आयोजना नगरेको, कसैले पनि त्यसो गर्न हुँदैन भनेर जानकारी नगराएको जस्तो हलुको प्रतिवाद  गरिरहेका छन् । केही दिनमा यसबारे सत्यतथ्य पत्ता लगाउन क्याविनेट सेक्रेटरी सु ग्रेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कस्तो आउँछ त्यसैमा उनको भविष्य जोडिएको देखिन्छ । बोरिसले पटकपटक व्यक्तिगत, पारिवारिक र सामाजिक (राजनीतिक)  विषयमा धेरै विवादित क्रियाकलापहरू गर्दै आएका छन् । उनी पहिलादेखि नै अरुलाई खासै महत्त्व नदिने, सकेसम्म कानुन/ नियमबाट बढी बाँधिन नपरे हुन्थ्यो भन्ने प्रकृतिको विद्यार्थी थिए भन्ने उनलाई इटन कलेजमा पढाउनेमध्ये एक शिक्षकले गरेको खुलासा प्रमाणित भए जस्तो देखिन्छ । यो  विषयलाई लिएर विज्ञान मन्त्री, स्वास्थ्य मन्त्री लगायत केही महत्त्वपूर्ण सांसदहरुले उनले तुरुन्तै राजीनामा दिनु पर्छ भनिरहेका छन् ।  धेरैजसोले भने जाँचबुझ आयोगको प्रतिवेदन पर्खिरहेका छन् ।

    हिजो जनवरी १९ का दिन  बेलायती राजनीतिक ईतिहासमा एउटा नौलो घटना घटेको छ । विगत २५ वर्षमा जम्मा तीन जना सांसदहरूले दल परिवर्तन गरेका थिए । ती तीनै जना सांसदहरु कन्जरभेटिभबाट लेबर पार्टीमा गएका थिए । तर त्यतिबेला लेबर सरकारमा थियो । मानवीय विशेषताअनुसार प्रतिपक्षबाट सरकारी दलमा पद पाउनका लागि जानु स्वाभाविक पनि देखिन्छ । तर यसपालि भने पहिलोपल्ट क्रिस्चियन  वेकफोर्ड भन्ने सांसद सरकारी पार्टीबाट प्रतिपक्षमा बस्न तयार भए । टोरी पार्टीबाट गत निर्वाचनमा बेरी साउथ निर्वाचन क्षेत्रबाट ४०२ मतको झीनो बहुमतले विजय भएका सांसदले आफूले पार्टी छाड्न परेको मुख्य कारण बोरिसको जनता प्रतिको अपमानजनक व्यवहार नै हो भनेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनतालाई नेतृत्वले खासै महत्व नदिएको पनि उनको जिकिर छ। अबका केही दिनहरुमा यस्ता घटनाहरु दोहोरिने सम्भावना पनि छ ।

    Side

    ‌‌‌‌

    यही परिवेशमा हेर्दा संसारमै निकै बलियो देखिएका प्रख्यात द्वितीय विश्वयुद्धकालिन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको राजनीतिक पृष्ठभूमि पनि रोचक देखिन्छ । उनी पहिलो पटक सांसदको रूपमा सन् १९०० मा कञ्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्दै ओल्ड ह्याम क्षेत्रबाट वेस्ट मिनिष्टरमा प्रवेश गरेका थिए । विभिन्न विषयमा मत भिन्नता भए पछि उनले सन् १९०४ मा आफ्नो पार्टी छाडेर लिबरल पार्टी प्रवेश गरे । त्यसपछि भएको निर्वाचनमा म्यानचेष्टर नर्थ वेस्टबाट चुनाव पनि जिते । ४० वर्ष पुग्न अगाडी नै उनले विभिन्न महत्त्वपूर्ण राजनीतिक जिम्मेदारीहरु बहन गरिसकेका थिए ।

    सन् १९१५ बाट उनको राजनीतिक जीवन ओरालो लाग्यो । पार्टीसँग विचार नमिलेर आम चुनावमा पार्टी छाडेर स्वतन्त्र उमेद्वार बने तर हार खान पर्यो । सन् १९२४ मा भएको निर्वाचनमा भने इपिङ क्षेत्रबाट स्वतन्त्र भनिए पनि कञ्जरभेटिभहरुको भित्री सहयोगमा विजय भए । एक वर्षपछि फेरि कञ्जरभेटिभ पार्टीमा नै फर्किए पछि तुरुन्तै चान्सलर एक्स चेकर (अर्थ मन्त्री) बन्न सफल भए । सन् १९२९ मा टोरी पार्टी सरकारबाट बाहिर आए पछि दश वर्षसम्म उनको राजनीतिक जीवन फेरि ओझेलमा पर्यो । उनी पहिलो पटक में १९४० मा ७१ वर्षको उमेरमा प्रधानमन्त्री बन्न सफल भएका थिए । सन् १९४५ मा भएको निर्वाचनमा पार्टीको हार भएकोले विपक्षी दलको नेता बन्न उनी बाध्य भए । सन् १९५१ मा भएको निर्वाचनमा कन्जरभेटिभले फेरि लेबर पार्टीलाई हटाउन सफल भयो र उनी फेरि दोश्रो पटक प्रधानमन्त्री बने । तर बिग्रँदो स्वास्थ्य तथा वृद्ध उमेरको कारण उनले  सन् १९५५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि मृत्यु हुन् एक वर्ष अगाडी सन् १९६४ सम्म उनी सांसद नै थिए ।

    अहिले ६५० सदस्य भएको बेलायती सदनमा एक जनादेखि ३६१ जना प्रतिनिधि भएको एघार वटा राजनीतिक पार्टीको उपस्थिति रहेको छ।  मुख्यत दुई पार्टीको वर्चस्व देखिने बेलायतमा पार्टी स्थापनाको इतिहास हेर्ने हो भने सन् १७२१ देखि १८३४ सम्म व्हिग र टोरी पार्टी मात्रै देखिन्छ। सन् १८३४ मा कन्जरभेटिभको उदय भयो। मजदुरहरुको हक हितलाई ध्यानमा  राखेर सन् १९०० मा स्थापित लेबोर पार्टी सन् १९१७ मा को-अपरेटिभ पार्टीसँग सहकार्य गरेर एउटै पार्टी बनेको देखिन्छ।  व्हिग पार्टीकै एउटा हाँगा लिबरल पार्टी हुँदै सन् १९८८ मा लिबरल डेमोक्र्याट हुन पुग्यो। सबैभन्दा नयाँ पार्टी स्कटल्याण्डका पूर्व मुख्यमन्त्री एलेक्स साल्मोनले स्कटिस न्याशनलिष्ट पार्टीबाट अलग भएर गठन गरेको अल्बा पार्टी हो। सन् १९९० मा स्थापित ग्रीन पार्टीले पनि जनस्तरमा केही छाप छोड्न सफल हुँदै आएको छ।

    सन् १९२९ मा लेबर पार्टीको २८८ सिट थियो तर १९३१ को निर्वाचनमा मात्र ५२ सिटमा चित्त बुझाउन पर्यो। सन् १९४५ को चुनावमा लेबर पार्टीले भारी मतान्तरले जित हासिल गर्यो। त्यस बिचमा पार्टी टुटफुटले असर पार्यो। सन् १९९७ मा आइपुग्दा लेबर पार्टीले सन् १९४५ मा भन्दा बढी नतिजा हात पार्यो। कन्जरभेटिभ पार्टीले आफ्नो आधाभन्दा बढी सिट गुमाउन पर्यो।  सन् २०१० देखि भने कन्जरभेटिभ पार्टीले कहिले एकल त कहिले संयुक्त सरकार चलाइरहेको छ। लेबर पार्टीले सन् १९२९-३५/ ६४-७०/ ७४-७९/१९९७-२०१० पटकपटक सरकारको नेतृत्व गरेको देखिन्छ भने बाँकी समय कन्जरभेटिभले साशन गर्दै आएको छ। पहिलो र दोश्रो विस्वयुद्ध ताकाको केही समयबाहेक बेलायतको ईतिहासमा पूर्ण मिलिजुली सरकार भने सन् २०१० देखि २०१५ सम्म  कन्जरभेटिभ र लिबरल पार्टीले मात्रै संचालन गरेको देखिन्छ। सन् १८६८ देखि १९२२ सम्म लिबरल पार्टीका चारजना नेता आठपटक प्रधानमन्त्री बनेको ईतिहास छ भने पछिल्लो समयमा निक क्लेग पाँच वर्ष उपप्रधानमन्त्री बनेर लिबरल पार्टीको उपस्थितिसम्म देखाउन सके ।

    अहिले बोरिसले पद त्याग गर्न पर्ने परिस्थिति आउने सम्भावना बढी नै देखिन्छ।  कथमकदाचित अहिलेलाई उनले यो खड्को काट्न सके भने पनि आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा फेरि यो प्रसंगले उग्ररुप लिने छ र कञ्जरभेटिभ पार्टीले हार ब्यहोर्न पर्ने हुन सक्छ। जे होस् ढिलो वा चाँडो अहिलेको नेतृत्वले शक्ति हस्तान्तरण गर्नै पर्ने देखिन्छ। त्यस पछिको शक्ति सामान्य त चान्सलरकोमा जाने परम्परा कायम भयो भने बेलायतले पहिलोपटक भारतीय मूलका बेलायती प्रधानमन्त्री पाउने सम्भावना देखिन्छ। हेरौँ बेलायतको राजनीतिले कसरी आफ्नो भविष्य निर्धारण गर्ने छ ? त्यति लामो राजनीतिक पृष्ठभूमि बनाइ नसकेका ऋषि  सुनकलाई सम्भावित अग्रिम शुभकामना !

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

  • के हो आँखामा लाग्ने कन्जन्टिभाईटिस रोग ?


  • ग्लोबल अपडेटथप

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341

    लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

    Jagaran

    सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

    Cyber securety

    बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

    Accdent
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution