• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ ६, मंगलबार | Tuesday, 20, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • २तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ३मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ४सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ५उ दिन सम्झँदा
  • ६तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ७क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ८टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

स्तनपानः अर्थ, फाईदा र स्तनपान सप्ताहको चर्चा

पशुपति खनालप्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
  • २९५५ पाठक संख्या
  • Pasupati
    ‌‌‌

    नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। वाबालिकामात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्मई सकेका महिलाहरुको पोषण स्थितत पनि सन्तोषजनक भने छैन । कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषितनै भएर जन्मन्छन् जसले गर्दा त्यस्ता शिशुहरुलाई जीवन भर नै असर पर्न सक्छ । तसर्थ स्वास्थ्य बच्चा जन्माउन आमा स्वास्थ्य रहन गर्भवति अवस्थामा नै आमाले आफ्नो खानपान र स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिनु पर्दछ ।

    आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पूर्ण आहांर आमाबाटनै पाउने गर्दछ । जन्मेपछि पनि शिशुले सर्वप्रथम आमाको दुध खान्छ र ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाए पुग्छ, अरु कुनै चिजको आवस्यकता पर्दैन । शिशु जन्मे पछि स्वास्थ्य र निरोगी भई बढ्न र हुर्कनको लागि आमाको दुध नै सर्बोत्कृष्ट आहार हो । त्यसैले सन् १९९२ देखि नेपाल सहित विश्वभर हरेक वर्ष अगष्ट महिनाको पहिलो साता अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ र सप्ताह उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् ।

    नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रवर्द्धनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनि बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् । नेपाल जनसाङख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशतमात्र र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ मात्र प्रतिशत रहेको छ। त्यसैगरी, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष विश्वमा ८ लाख २३ हजार बच्चाको जीवन जोगाउन सकिने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।

    स्तनपानका फाईदाहरु

    बच्चालाई हुने फाइदाहरुः 

    • स्तनपानप्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो।
    • बच्चा निरोगी वा स्वास्थ्य रहन्छ।
    • बालबालिकालाई मृत्युबाट रोक्छ।
    • रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ साथै संक्रमणबाट बचाउँछ।
    • बच्चाको शरीरको तापक्रम सन्तुलन राख्न मदत गर्छ।
    • बौद्धिक क्षमता वृद्धि गर्न मद्दत पुर्‍याउँछ।
    • आमा र बच्चाबीच भावनात्मक सम्बन्धमा विकास हुन्छ।
    •  बच्चाले आफू सुरक्षित भएको महसुस गर्दछ।
    • बच्चालाई आँखा, कान तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ।

    आमालाई हुने फाइदाहरुः

    • जन्मान्तर कायम राख्न मद्दत पुर्‍याउँछ।
    • आमाको स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ।
    • सुत्केरीपश्चात् हुने रक्तश्रावमा कमी ल्याउँछ।
    • स्तनपान गर्दा निस्कने हर्मोनले आमाको तनाव कम गरी शिशुको स्याहार गर्न सघाउ पुर्‍याउँछ।
    • आर्थिक भारमा कमी गराउँछ।

    समाजलाई हुने फाइदाहरुः

    • जन्मान्तर घटाई जनसंख्या वृद्धिदरमा कमी ल्याउँछ।
    • आमाको दूध खुवाउनाले अन्य खाना तथा आहार किन्न लाग्ने खर्च बचाउन सहयोग पुर्‍याउँछ।
    • राष्ट्रका लागि बौद्धिक तथा स्वस्थ र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याई मुलुककै अर्थतन्त्र बलियो गराउँछ।

    आमा कोभिड १९ बाट संक्रमित भए स्तनपान गराउने कि नगराउने ?

    आमालाई कोरोना भाइरस संक्रमण भएको वा शंका लागेमा आफ्नो सन्तानलाई स्तनपान गराउने कि नगराउने भन्ने द्विविधा हुन सक्छ । यसका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफ दुबैले नियमित स्तनपान गराउन सल्लाह दिएका छन् तर संक्रमण सर्नबाट निम्न जनस्वास्थ्यका सावधानीका उपायहरु भने अपनाउनु जरुरी छ ।

    • शिशुको सम्पर्कमा आउनु अधि र पछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ।
    • स्तनपान गराउँदा, शिशुको हेरचाह गर्दा वा नजिक पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्दछ ।
    • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा रुमालले नाक र मुख छोप्नुपर्दछ र प्रयोग पश्चात् तत्कालै त्यसलाई फोहोरदानीमा फाल्नु पर्दछ।
    • आफूले छोएका वस्तु तथा सतह (स्थान) समय समयमा सफा गनुपर्दछ ।

    आमाको पहिलो बाक्लो र पहेँलो बिगौती दूध नवजात शिशुका लागि अमृत सरह मानिन्छ । आमाको दूधमा प्रचुर मात्रामा भिटामिन ‘ए’ हुने र रोग प्रतिरोधात्मक तत्व हुने हुँदा बच्चालाई शक्ति प्रदान गर्नुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ । बच्चालाई ६ महिनाको अवधिसम्म आमाको दूधमात्रले पनि आवश्यक सम्पूर्ण पोषण पुग्छ र अन्य कुनै खानेकुरा चाहिँदैन । त्यसैकारण पनि भनिन्छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान छ ।स्तनपानका सम्बन्धमा तीन ‘E’ को सुत्र एकदमै महत्वपूर्ण मानिन्छ ।

    पहिलो ‘E’ अथवा “Early initiation of breast feeding” भन्नाले जन्मेको १ घण्टाभित्र स्तनपान गराउने, दोस्रो ‘E’ अथवा “Exclusive breast feeding” को अर्थ पूर्ण स्तनपान वा बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउने र तेस्रो ‘E’ अथवा “Extended breast feeding” भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म थप आहारका साथै स्तनपान पनि निरन्तर गराइराख्ने भन्ने बुझिन्छ । यसरी स्तनपानसम्बन्धी माथि उल्लेखित ३ वटा सूत्रहरुको पालना गर्न सकिएमा आमाको र बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने अध्ययनहरुले देखाएको छ ।

    स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षकको काम गर्दछ । नवजात शिशुले आमाको दूधबाट नै रोगसँग लड्न सक्ने शक्ति प्राप्त गर्दछन् । आमाको दूधले नै बच्चालाई स्वास्थ्य र तन्दुरुस्त पार्ने गर्दछ । आमाको दूधमा शिशुलाई पुग्ने पानीको मात्रा र सबै पौष्टिक आहार पाइन्छ । आमाले शिशुको मागअनुसार कम्तिमा एकदिनमा १० देखि १२ पटक स्तनपान गराउनुपर्छ । दिउँसो कम्तिमा ७ देखि ८ पटक र रातीमा ३ देखि ४ पटक स्तनपान गराउनु पर्दछ । स्तनपान गराउँदा सही आसनको जरुरी हुनुका साथै आमा र बच्चाबीच ममतामयी आर्कषण हुनु आवश्यक छ ।

    तीनै तहको सरकारबाट स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गराउनस्वास्थ्य क्षेत्रको संस्थागत सुधार, क्षमता, सीप र परामर्शमा अभिवृद्धि गराउँदै जाने, विद्यमान स्वास्थ्य सेवा तथा कार्यक्रमको समान वितरण र उपभोगमा बढ्वा हुने खालका रणनीति तर्जुमा गर्ने। निजी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरुसँग आवश्यक सहकार्य र समन्वय गर्ने, सुत्केरी अवस्थामा महिला कर्मचारीहरुका लागि रहेको बिदाको विद्यमान प्रावधानलाई परिमार्जन गरी कम्तीमा ६महिना बिदा हुने व्यवस्था सुनिश्चित गर्ने, विभिन्न माध्यमबाट सूचना प्रवाहको व्यवस्था गरी सुसूचित गराउने कार्यहरुका साथै स्तनपानको संरक्षण र सम्बर्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री/वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ को प्रावधानहरुलाई कडाइका साथ उचित कार्यान्वयनमा ल्याउन जरुरी छ।

    (लेखक खनाल स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत हुन् ।)

     

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution