• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सुन्दर हेलम्बु: प्रकृतिको अनुपम उपहार

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • १४३२ पाठक संख्या
  • 147364148_1152526488507394_8735203123916757417_o copy
    हेलम्बुको ग्रेटट्रेलबाट देखिने सुन्दर दृष्य ।

    हेलम्बु (सिन्धुपाल्चोक)- ह्योल्मो समुदायको सुन्दर बस्ती हो हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ।

    गाउँ आउने पर्यटकलाई ह्योल्मो समुदाय सेतो खादा पहिर्‍याएर स्वागत गर्छन्। नुन चिया, चौरीको दूध चिया र करु चिया खुवाएर सत्कार गर्छन्। त्यसैले उनीहरु आत्मिय लाग्छन्। ह्योल्मो क्षेत्रका तत्कालीन हेलम्बु, किउल, इचोक र महांकाल, दुवाचौर र पाल्चोक गाविस अहिले एकीकृत हेलम्बु गाउँपालिकाले चिनिन्छन्। यहाँ ह्योल्मो समुदाय अर्थात शेर्पा, तामाङ र लामा समुदायको बाहुल्यता छ।

    तीन दशकअघि हेलम्बु ‘स्याउको सहर’ नामले चिनिन्थ्यो। अहिले स्याउ हेलम्बुबाट लोप भइसकेको छ। स्याउ सहरलाई बौराउने प्रयत्नमा जुटेका छन्, गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा। भन्छन्, ‘हेलम्बुलाई फेरि स्याउ सहर बनाउँदै छौँ।’ हेलम्बु गुम्बाको गाउँले समेत चिनिन्छ। यहाँ दर्जनौँको संख्यामा बौद्धगुम्बा, स्तुपा छन्। ती सेता छन्। सेतो रंग शुभ र शान्तिको प्रतिक हो। बौद्धमार्गी ह्योल्मो बुद्ध जस्तै शान्त छन्, शालिन पनि। बस्ती र बाटैभरि ध्वजापतका टाँगिएका छन्। फहराइरहने ती ध्वजापतका आगन्तुक स्वागतमा ब्यस्त भए झैँ लाग्छन्। ’

    ट्राउट माछा हब हेलम्बुको पछिल्लो चिनारी हो। यहाँ एक दर्जन संख्यामा ट्राउट माछा फर्म छन्। ट्राउट माछा राजधानीको तारे होटलमा खपत हुन्छन्। ‘ट्राउटबाट मनग्ये आम्दानी मात्र लिएका छैनौँ, यसले पर्यटक पनि तानिरहेको छ,’ किउन बगरका ट्राउट पालक उत्तम भण्डारी सुनाउँछन्।

    पुस, माघको समय हिमाल खुल्ने मौसम हो। हेलम्बु गाउँपालिकालाई हिमालले घेरेको छ। यतिबेला टलक्क टल्केका हिमालले हेलम्बुको सौन्दर्यमा अझ निख्खरता ल्याएको छ। जुगल, थाङ्गालछ्यो, दार्जेलाक्पा, आमायाङ्ग्री लगायत दर्जन हिमाल नजिकै देखिन्छन्। अन्यत्र हिमाल हेर्न डाँडाकाँडै चढ्नु पर्छ। तर यहाँ फेदीबाटसमेत हिमालको दृश्यपान गर्न सकिन्छ। उचाइबाट त हिमाल झन्–झन् नजिक बनेर आँखामै टाँसिन खोज्छन्।

  • हेलम्बु
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution