• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर १९, शुक्रबार | Friday, 05, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्दै डब्लुएचओ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन ११, सोमबार (४ साल अघि)
  • १०९३ पाठक संख्या
  • WHO Varient-of-covid
    फाईल तस्विर

    विश्व स्वास्थ्य संगठनले कोभिड– १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ।

    उक्त रेपोर्टअनुसार कोभिड– १९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ। रिपोर्टमा भनिएको छ, वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन९अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।

    स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ। यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो ।

    त्यस बारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए। यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ, अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।

    रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ। डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गरेको थियो।

  • ग्लाेबलपाटी
  • विश्व
  • विश्व स्वास्थ्य संगठन
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    विश्व सम्बन्धि थप
  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर

  • राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

  • ८ हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution