• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० मंसिर १८, सोमबार | Monday, 04, Dec, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मेलमिलाप सम्बन्धी तालिम सुरु
  • २तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र
  • ३जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता
  • ४टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी
  • ५नेपानेमा बेवारिसे भरुवा बन्दुक फेला
  • ६सिन्धुपाल्चोक ७ पालिकाले तिरेनन् विद्युत महसुल 
  • ७१४औं वर्षमा मैत्री बचत तथा ऋण सहकारी, विद्यार्थी र बचतकर्तालाई सम्मान
  • ८मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

‘नेपालमा कसलाई कम्युनिष्ट देख्नुभएको छ ?’

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार (२ साल अघि)
  • १६२८ पाठक संख्या
  • Resham Birahi
    फाईल तस्विर

    चार दशकदेखि लेखनका क्रियाशील रेशम विरहीको पहिलो निबन्ध संग्रह ‘देब्रे आँखा’ शिखा बुक्सले प्रकाशित गरेको छ । त्यसो त उनको कवि, पत्रकार र राजनीतिक अभियन्ताको छवि पनि छ । यसअघि नै उनको चार कविता संग्रह प्रकाशित भइसकेको छ । प्रस्तुत छ निबन्ध संग्रह वरिपरि रहेर उनीसँग कला अनुरागीले गरेको बातचित-

    लेख्न थालेको चार दशकपछि तपाईंको पहिलो निबन्ध कृति प्रकाशित भएको छ । चार दशक भनेका चानचुन समय होइन । किन यति लामो समय पर्खाउनुभएको पाठकलाई ? 
    ➲ म फाट्टफुट्ट निबन्ध लेखेर साहित्यिक पत्रिकाहरूमा प्रकाशन गर्ने कार्यमा त क्रियाशील नै थिएँ । लेखिरहेको थिएँ, छापिरहेको थिएँ, पाठकहरूले पढिरहेका थिए । तर, पुस्तकको रूपमा ल्याउन किन हो किन प्रकाशकले पत्याएनन् । यसपाली पत्याए, प्रकाशित गरिदिए । मैले अब पाठकहरूसँग कसरी आफ्नो स्पष्टीकरण दिऊँ ।
    कृतिमै समेटिएको एउटा निबन्धबाट फुत्त नाम झिकेर किताबको नाम राख्ने सजिलो ‘काइदा’ पछ्याउनुभएन । र, कृतिको नाम राख्नुभयो ‘देब्रे आँखा’ । यही नाम रहनुको कथा भनिदिनुस् न । 
    ➲ नाम रहनुको कुनै कथा छैन । आस्थाको दंश र त्यसले गरेको वैचारिक ध्वंसको जगबाट नाम उत्खनन गरेको हुँ ।
    तपाईंको नाम ‘रेशम विरही’कै पनि त कथा होला । यही बेला थाहा होस् न पाठकलाई । 
    ➲ रेशम विरहीको पनि कुनै कथा छैन । एक्लो, सोझो र एक प्रकारले एकलव्यजस्तो देखेर स्कुल पढाउने गुरुले विरही भनिदिएछन् । मैले त्यसलाई टिपेर रेशम राजको पछाडि ‘राज’ काटेर विरही थपेँ । वश ! यही हो रेशम विरहीको कथा ।
    निबन्धहरूमा प्रवेश गर्नुअघि तपाईंले साहित्यबारे आफ्नो धारणालाई शंकर लामिछानेको विचारमार्फत प्रस्तुत गर्नुभएको छ । लामिछानेको प्रसंग निबन्धभित्र पनि छन् । तपाईंको निबन्ध यात्रामा लामिछानेको स्थान के हो ? 
    ➲ मेरो निबन्ध यात्रामा शंकर लामिछानेको कुनै स्थान छैन र म उनीबाट प्रभावित पनि होइन । उनी मेरा दृष्टिका सुन्दर निबन्धकार हुन् । मेरो पुस्तकको अगाडि उद्धृत अंशलाई स्थान दिनुको तात्पर्य शंकर लामिछाने र म दुवै आ–आफ्ना निबन्धप्रति संदीग्ध छौँ र जीवनप्रति पनि संदीग्ध छौँ । जीवन भोगाइका कतिपय चरणहरूमा तादाम्य पनि पाएको छु । यसभित्र कुनै उदेकलाग्दो रहस्य र विचारोत्तेजक तात्पर्य छैन । निबन्धको वैचारिक जग र यसले उत्पन्न गर्ने झिल्काको प्रतिविम्बन पनि मान्दा हुन्छ ।
    तपाईंले पुस्तक आँतका माइल्दाइ पुष्पराज र आस्थाका माइल्दाइ पुष्पलाल दुवैलाई समर्पण गर्नुभएको छ । आस्थाका माइल्दाइबारे त तपाईंले निबन्ध लेख्नुभएको छ, आँतका माइल्दाइबारे पनि त निबन्ध हुँदा हुन् ?
    ➲ मेरा सहोदर माल्दाइ पुष्पराजको देहान्त भएको १५ वर्ष भयो । उहाँको स्मरणमा लेखेको लामो निबन्ध मसँग थियो तर कतै हराएछु । खोज्दा भेटिनँ र खेदका साथ समर्पणमा राखेर चित्त बुझाएँ । सम्भवतः दोस्रो संस्करणमा समावेश गर्न सक्छु ।
    तपाईंको निबन्ध कृति आउँदा सबैभन्दा बढी खुशी को के कारणले भयो ? 
    ➲ यो मैले भन्न सक्ने कुरा होइन । अरू को कति खुशी भए तर शिखा बुक्सले मेरो निबन्ध प्रकाशित गरिदिएपछि सबभन्दा खुसी हुने म नै हुँ र कारण पनि निबन्ध प्रकाशित हुनु नै हो ।
    पाठकहरूसँग कत्तिको अन्तरसंवाद गर्ने मौका पाउनुभएको छ किताब आएपछि ? पाठकसँग अन्तरसंवाद गर्न मनचाहिँ कत्तिको लाग्दो रहेछ ? 
    ➲ खास पाठकसँग अन्तरसंवाद हुने समय नै भएको छैन । भर्खरै त प्रकाशित भएको छ नि । तर अहिलेसम्म परिचित मित्रहरूले पढेर सुझाव दिएका छन् । म मख्ख परिरहेको छु । खास पाठकको सामना गर्न सक्छु कि सक्दिनँ थाहा छैन । तर सक्छु, किन नसक्ने ? मैले इमान्दारितापूर्वक निबन्ध लेखेको छु र आफूलाई सर्वाङ्ग पोखिदिएको छु ।
    मेरो निबन्धलाई यसरी पढिदिए हुन्थ्यो अथवा मलाई पाठकले यसरी बुझिदिए हुन्थ्यो भन्ने भावना पनि मनमा छ ? 
    ➲ नेपाली पाठकहरूले मेरा निबन्ध मैले जसरी लेखेँ त्यसरी बुझ्ने क्षमता राख्छन् । तर साहित्य लेखनले सम्प्रेषण गरेको सन्देश जसले बुझ्नु पर्ने हो त्यो त कहाँ, कहिले, कसले बुझेको छ र ?
    तपाईं कवि, एउटा कविलाई निबन्धकारको जरुरत किन परेको हो ? 
    ➲ कविलाई निबन्धकार, निबन्धलाई कथाकार, अथवा कथाकारलाई उपन्यासकारको जरुरत किन पर्यो भन्ने प्रश्न नै त्यति व्यवहारिक लाग्दैन । एउटा  जिम्मेवार स्रष्टाले आफूले भन्न चाहेको कुरा कुन विधाबाट भन्ने मन गर्छ र उदात्त किसिमले अभिव्यक्त हुन सक्छ, त्यसै विधामा लेख्ने हो । मैले कवितामा भनेर नभ्याएका कतिपय कुराहरू निबन्धमा भनेको छु र भोलि उपन्यास, नाटक वा कथामा पनि भनूँला– त्यो अर्कै कुरा हो ।
    तपाईंले कृतिमा माक्र्सवादी र कम्युनिष्टबीच रेखा कोर्नुभएको छ । आफूलाई माक्र्सवादी भए पनि कम्युनिष्ट नबनेको पनि भन्नुभएको छ । यो विरोधाभासको दर्शन के हो ?
    ➲ माक्र्सवाद एउटा भौतिकवादी दर्शन हो । यसको दार्शनिकतासँग कम्युनिज्मको हुबहु परिकल्पनाले नै कम्युनिस्ट सत्ता समाप्त भएका हुन् । माक्र्सवादी हुनु वा कम्युनिष्ट हुनु एकदम फरक कुरा हो । नेपालमा कसलाई कम्युनिष्ट देख्नुभएको छ तपाईँले ? मैले त कतै देखेको छैन र यसमा विरोधाभाष देख्नु पनि हुन्न ।
    पाठकलाई दिन अझै धेरै निबन्धहरू छन् तपाईंसँग । तिनको पालोचाहिँ कहिले आउँछ ?
    ➲ म २० वर्षदेखि लगातार निबन्ध र कविता लेखिरहेको छु । यसबीच लेखिएका कतिपयलाई च्यातेर पनि फालिसकेँ । यसपटक प्रकाशितमध्ये केही बाँकी छन् । आफ्नै माइल्दाइमाथि लेखेको पनि हरायो । त्यसलाई पुनः लेख्नु छ । अर्कोको पालो पनि यसको प्रभाव र व्यापारका आधारमा प्रकाशकले पत्याउनेबित्तिकै आइहाल्छ ।
    कवि रेशम विरहीलाई माया गर्नेहरूलाई चाहिँ केही तयारी गर्नुभएको छ ? 
    ➲ कवि रेशम विरहीलाई माया गर्नेहरू पनि रहेछन् भन्ने थाहा पाएँ । ‘माया’कै तयारीमा सधैं रहने गरेको छु ।
    ܀܀܀
  • बातचित
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • सुशासन विना समृद्धि सम्भव छैन: तामाङ

  • ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’

  • ‘समतामूलक ढंगबाट समान विकास गर्छु’ थापा

  • ‘नेता कार्यकर्ता सच्चिन जरुरी छ’ पासाङ नोर्वु शेर्पा


  • ग्लोबल अपडेटथप

    मेलमिलाप सम्बन्धी तालिम सुरु

    Melmilap Pro

    तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

    Tekwando

    जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

    Dance

    टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी

    Table tenis
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution